FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१.उपभोक्ता समितिको सदस्य हुन आवश्यक योग्यता ?
सम्वन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा १८ वर्ष उमेर पुरा भएको फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको सरकारी बाँकी बक्यौता वा पेश्की फछ्र्यौट गर्न बाँकी नरहेको अन्य उपभोक्ता समितिमा सदस्य नरहेको स्थानीय तहलाई बुझाउनु पर्ने कर तिरेको हुनुपन
२. को–को उपभोक्ता समितिको सदस्य बस्न पाइदैन त ?
बहालवाला जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बहालवाला सरकारी कर्मचारी, शिक्षक निर्माण व्यावसायी सरकारी पेश्की र बेरूजु फर्छ्यौभट नगरेका व्यक्तिहरू
३.आयोजना वा योजना जाँचपास र फरफारक गर्दा कुन कुन कागजात अनिवार्य रुपमा पेश गर्नु पर्दछ ?
उपभोक्ता समितिको योजना फरफारक गर्ने निर्णयको प्रतिलिपि, उपभोक्ता समितिको खर्च अनुमोदन गर्ने निर्णय, प्रमाणित विल भरपाई र डोर हाजिरी लगायतका अन्य आवश्यक कागजात, प्राविधिकको मूल्याङ्कन, कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता सम्बन्धि विल, र नापी किताब अनुगमन समितिको प्रतिवेदन योजनाको सम्पूर्ण आय र व्यय सम्बन्धी विवरण (खर्चको फाँटवारी), खर्च सार्वजनिक टाँस आम भेलाबाट सार्वजनिक परीक्षण गराई उक्त समयमा उपस्थित उपभोक्ताको उपस्थितिको प्रतिलिपि योजनाको फोटो कुनै सामग्री वा उपकरण, मेशिन भाडामा लिएको, वा ढुवानी गराएमा उक्त पक्षसँग उपभोक्ता समितिले गरेको सम्झौता पत्र । उपभोक्ता समितिसँग जिन्सी सामग्री बचेको भए सोको विवरण ।
४.योजना जाँच पास, फरफारक र तथा हस्तान्तरण कहिले र कसरी गर्ने ?
गाउँपालिकाबाट परेका आयोजना चैत्र मसान्त भित्रमा सकि सक्नुपर्ने छ तथा आयोजना समाप्त भएको ३० दीन भित्र जाँच पास तथा फरफारक गरिसक्नु पर्नेछ । वडा कार्यालयको सिफारिस सहित उपभोक्ता समतिले गरेको आम्दानी खर्चको विवरण आम उपभोक्ता भेलाबाट कार्यालयको प्रतिनिधिको रोहबरमा सार्वजनिक गरी सोको खर्च सार्वजनिक फारम र सार्वजनिक परीक्षण सहितको विवरण पेश गर्नु पर्नेछ । उपभोक्ता समितिले काम सम्पन्न भएपछि गाउँपालिकाबाट प्राविधिक बोलाई योजनाको मूल्याङ्कन र कार्यसम्पन्न प्रतिवेदन बनाउन लगाई जाँचपास गराउन लगाउनु पर्छ ।