FAQs Complain Problems

समाचार

रम्भा गाउँपालिका चिनारी

          पाल्पा जिल्लाको साविक हुँगी, फोक्सिङकोट, पिपलडाँडा, हुमिन, ताहुँ गरी ५ वटा गा.वि.स. र हेक्लाङ गा.वि.स. को वडा नं. ९ समेत गरी जम्मा ५ वटा वडा कायम गरी रम्भा गाउँपालिकाको घोषणा भएको छ । यस गाउँपालिकाको पूर्वतर्फ पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिका, पश्चिम तर्फ माथागढी र बगनासकाली गाउँपालिका, उत्तर तर्फ कालीगण्डकी नदी र दक्षिण तर्फ माथागढी र पूर्वखोला गाउँपालिका रहेका छन् । यस गाउँपालिकामा प्रशिद्ध रम्भादेवीको मन्दिर रहेकोले यस गाउँपालिकाको नाम प्रशिद्ध शक्तिपिठ रम्भादेवीको नामबाट रम्भा गाउँपालिका नामाकरण गरिएको हो ।

        पाल्पा जिल्लाको सर्वोत्कृष्ट दोश्रो  शिखर रिमिघा लेक पनि यसै गाउँपालिकामा पर्दछ । यसका साथै प्रशिद्ध धार्मिक स्थल उत्तरबाहिनी क्षेत्र, रानिबास, हुँगीफाट, निकीचौर, अगाँहाखोला, गरुङ्गा आदी रमणीय पर्यटकीय क्षेत्रहरु पर्दछन् । यस गाउँपालिकाको पश्चिममा सिद्धार्थ राजमार्ग, उत्तर पूर्वमा कालिगण्डकी कोरिडोर, र दक्षिणमा रामपुर जोड्ने सडक रहेको छ । 

          यस गाउँपालिकाको क्षेत्रफल ९४‍.१२ वर्ग किलोमिटर रहेको छ । रम्भा गाउँपालिकाको आ.व. २०७७/०७८मा गरेको घरधुरी सर्भेक्षण अनुसार यस पालिकाको कुल जनसंख्या २५९०७ रहेको छ । यहाँ मुख्यगरी मगर, ब्राह्मण, क्षेत्री र दलित जातिको वसोबास रहेको छ भने हिन्दु धर्म मान्ने समुदायको बाहुल्यता रहेको छ ।